घट्यो विदेशी मुद्राको भाउ , हेर्नुस् कुन देशको कति ?

काठमाडौं ०३ असार / शनिबार अमेरिकी डलरको भाउ घटेको छ भने यूरोको भाउ केही पैसामात्र भएपनि बढेको छ। राष्ट्रबैंकले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज मेरिकी डलर शनिबार भने १ सय १९ रुपैयाँ ७३ पैसामा कारोबार भएको छ ।

शनिबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ७३ पैसा तथा विक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ। यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५० रुपैयाँ ३२ पैसा तथा विक्रिदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ।

यस्तै यूरोपियन यूरो १को खरिददर १३६ रुपैयाँ ७९ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ६८ पैसा र विक्रिदर ८४ रुपैँया १० पैसा रहेको छ।

यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ६० पैसा, विक्रिदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ । शनिबार कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ १२ पैसा, विक्रिदर ३९१ रुपैँया ०७ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैया ०८ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ०२:३५