दोलखामा यात्रुबाहक बस दुर्घटना

दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ महिलासहित तीनजना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दोलखाको पवटीस्थित सिम्टेमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख असई राजकुमार दुलालले जानकारी दिए।

बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ। गम्भीर घाइतेमध्ये दुई जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याइएको र एक महिलाको बसले हात च्यापिरहेकोले निकाल्ने प्रयास भइरहेको असई दुलालले जानकारी दिए।

सामान्य घाइते भएको ६ जनालाई पनि सोही अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ०६:२७