पहिरोले ट्रक पुरियो, सकड अवरुद्ध

काठमाडौं ०३ साउ / पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

तानसेन नगरपालिका – ८ गौडेपुल नजिकै गए राति फेरि पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो भने पहिरोले एउटा ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरी जानकारी दिनुभयो ।

बुटवलबाट स्याङ्जा जाँदै गरेको लु २ ख ११७५ नम्बरको ट्रकलाई शुक्रबार साढे १० बजेतिर पहिरोले पुरेको हो ।

मानवीय क्षतिबारे हुन नसकेको प्रहरीले जनाएको छ । अहिले ट्रक निकाल्ने काम भइरहेको छ । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । तर, पहिरो झर्नेक्रम नरोकिएकाले पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

रातिदेखि सवारी साधन बीच बाटोमै रोकिएका छन् । टाढाटाढा जाने सयौं यात्रु अलपत्र परेका छन् । यसअघि बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ०७:०५