भारतमा नेपाली युवकको कपाल मुण्डन गरि नेपाल विरुद्ध नाराबाजी गर्ने ५ जना पक्राउ

एजेन्सी – भारतको वाराणसीमा काम गर्न गएका एक नेपाली युवकको कपाल मुन्डन टाउकोमा जय श्रीराम लेखी नेपाली प्रधानमन्त्री विरुद्धको नारा लगाउने आरोपमा वाराणसी पुलिसले चार जनालाई नियन्त्रणमा लिएको छ ।

यस घटनमा वाराणसीको भेलूपुर पुलिस स्टेशनमा पाँच जनाविरुद्ध एफआईआर दर्ता गरेको छ । वाराणसीका वरिष्ठ पुलिस अधीक्षक अमित पाठकले बीबीसीलाई यस सम्बन्धमा प्रहरीले तत्काल कारबाही गरेका बताएका छन् ।

पाठकले भने, “सामाजिक मिडियाबाट यो घटनाको जानकारी पाएका छौं । हामीले तुरुन्तै सम्बन्धित धारामा एफआईआर दर्ता गरेका छौँ । चार जनालाई नियन्त्रणमा लिइसके । जसमा भिडियो बनाउने व्यक्ति पनि समावेस छन् ।

अरुण पाठक नामका व्यक्तिले यस्तो गरेका जानकारी पाएका छौँ । उनले सामाजिक मिडियामा हालेको बताइएको छ। उनलाई पनि चाँडै नियन्त्रण्मा लिनेछौं ।”

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ०९:५८