नेपालमा कोरोना संक्रमित हुनेको संख्यामा भारी गिरावट

 

काठमाडौं – नेपालमा केहिदिन यता नयाँ कोरोना संक्रमित सङ्ख्या कम हुँदै गएको छ ।

देशभरको २५ वटा प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घन्टाभित्र थप ५७ जना नयाँ  संक्रमित थपिएका छन् ।

यो सँगै नेपालका कुल कोरोना संक्रमित सङ्ख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

त्यस्तै नेपालका पछिल्लो २४ घन्टा भित्र थप १ सय ३ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएर फर्केका छन् भने नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउने सङ्ख्या ४० पुगेको छ । पछिल्लो २४ घन्टा मृत्यु हुनेको सङ्ख्या शुन्य रहेको छ ।

 

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार १२:०१