विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो, कुन देशमा कति ? हेर्नुहोस्

काठमाडौं ०३ साउन / कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट हालसम्म विश्वभर १ करोड ४२ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने , कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख पुगेको छ ।

विश्वभर कोरोना भाइरसलाई जितेर संक्रमण मुक्त हुनेको सङ्ख्या ८४ लाख नाघेको छ । कोरोना संक्रमित देशमध्य पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल र तेस्रोमा छिमेकी मुलुकु भारत रहेको छ ।

हालसम्म अमेरिकामा ३७ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् भने ब्राजिलमा कोरोना संक्रमितको सङ्ख्या २० लाख नाघेको छ । भारतमा पनि कोरोना संक्रमित सङ्ख्या १० लाख नाघेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टाभित्र देशभरिको विभित्र प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट ५७ संक्रमित थपिएसँगै कुल संक्रमित १७ हजार ५ सय २ पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकमा हालसम्म ११ हजार ६ सय ३७ जनाले कोरोना जितेर अस्पालबाट डिस्चार्ज भएर घर फर्केका छन् भने , पछिल्लो २४ घन्टामा १ सय ३ जना कोरोना मुक्त भएको डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ , पछिल्लो २४ घन्टामा कोरोनाकाट ज्यान गुमाउनेको सङ्ख्या शुन्य रहेको छ ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७१ हजार १०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४२ हजार ८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख ७४ हजार ६७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १५ हजार ११४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४४ लाख १५ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ३१८ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३२ लाख ८१ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७७ हजार १२२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ८८ हजार ३९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४० जनाको मृत्यु भएको छ ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार १३:३३