अर्घाखाँचीमा स्कार्पियो दुर्घटना , १ जनाको मृत्यु

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर – ३ ठाडा बाँसको रुख ओरालोमा काठमाण्डौ देखि सन्धिखर्क तर्फ आउँदै  गरेको स्कार्पियो गाडी दुर्घटना भएको छ।

बा.१५ च.२७०६ नम्बरको महेन्द्र स्कार्पियो ओरालोमा ब्रेक नलाग्दा दुर्घटना हुन् पुगेको स्थानीयहरुको अनुमान रहेको छ। दुर्घटनामा एक जनाको ज्यान गयेको छ भने ,चालक सामान्य  घाइते रहेका छन् ।

उद्वारमा नेपाल प्रहरी नेपाल आर्मी स्थानिय बासिन्दाहरु रहेको थियो त्यो ठाउँमा पटक – पटक दुर्घटना हुँदै आएको स्थानिय बासिन्दाले बताएका छन स्कारपियो सडक खण्ड देखि झन्डै करिब ५ सय मिटर तल खसेको छ।

उक्त ठाउँमा  केही महिना पहिला ट्याक्टर दुर्घटना भएको हो त्यो ट्याक्टर अहिले सम्म निकालिएको छैन।

दुर्घटना हुने स्कार्पियो मा २ जना मात्र सवार रहेको घटनास्थल बाट संचारकर्मी झनक केसीले जानकारी दिनुभएको छ। मृतकको सनाखत हुन् बाँकी रहेको छ।

  • फाइल तस्बिर 

Loading...
प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार १८:१८