विदेशमा कोरोनाबाट १ सय ६० नेपालीको मृत्यु, कुन देशका कति ?

काठमाडौँ – विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ । रासस

अन्य समाचार : भारतमा हरेक दिन कोरोना संक्रमणले नयाँ रेकर्ड बनाउन थालेको छ। त्यहाँ शनिबार ३७ हजार ४ सय ७ संक्रमित थपिएका छन्।

भारतमा आइतबार बिहानसम्म संक्रमितको संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको छ। शनिबार ५ सय ४३ जनाको मृत्यु भएको छ,। शनिबार महाराष्ट्रमा संक्रमितको संख्या ३ लाख ९ सय ३७ पुगेको छ भने २४ घण्टामा यहाँ ८ हजार ३ सय ४८ संक्रमित थपिएका छन्।

मुम्बईमा मात्र संक्रमितको संख्या १ लाख ३ सय ५० छ। यहाँ ११ हजार ५ सय जनाको मृत्यु भएको छ।

एकै दिन ३० हजारभन्दा बढी संक्रमित थपिएको यो लगातार तेस्रो दिन हो । यसअघि १६ जुलाईमा ३२ हजार ६ सय ९५ र १७ जुलाईमा ३४ हजार ९ सय ५६ संक्रमित थपिएका थिए। १२ जुलाईयता लगातार २८ हजारभन्दा बढी संक्रमित हरेक दिन थपिइरहेका छन्।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०५:४०