६ जना छोरी टुहुरा बनाएर पहिरोले लग्यो कठायतलाई

कालीकोट – कालिकोटको पचालझरना गाउँपालिका  वडा नं ३ मा पर्ने खाँदुमा पहिरो जाँदा एक जनाको मुत्यु भएको छ सँगै रहेका एक जना घाइते भएका छन् ।

घरदेखी नजिकको जंगलमा काठ चिर्न गएका ४६ वर्षीय ध्वजवीर कठायतको पहिरोमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएस्पी श्यामबाबु ओलीयाले जानकारी दिनुभएको छ ।

कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत घाइते छन् । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।मृतक कठायतका ६ वटा छोरी छन् ।

कठायतकी श्रीमतीको २०६८ सालमा क्यान्सर रोगका कारण मृत्यु भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०७:५४