यि हुन नेपालमा कोरोना संक्रमण मुक्त ८ जिल्ला ( हेर्नुहोस् )

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा पनि १७ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् ।

तर, नेपालमा गतकेहि दिनदेखि नयाँ संक्रमित सङ्ख्यामा भारी गिरावट आएको छ भने संक्रमण मुक्त हुनेको सङ्ख्या पनि नयाँ संक्रमित भन्दा दोब्बर बढेको छ ।

मुलुकको ७७ वटै जिल्लामा फैलिएको कोभिड १९ पछिल्लो केहिदिनबाट  नेपालका आठ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

यी जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर घर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार १४:५९