काठमाडौंमा पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं, ०५ साउन / कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा आएको पहिरोमा परि एकको ज्यान गएको छ । आइतबार राति झरेको पहिरोमा परि २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो  प्रहरीले जनाएकाे छ ।

अहिले उनको शव पोष्ट म्यार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोले पुरेको थियो । आइतबार साँझ साथीहरुसँग खेल्न जंगल गएको बेला शैच गर्न खोला जाँदा पहिरोले उनलाई पुरेको उनकासाथीहरुले बताएका छन् ।

घटनाबारे थप विवरण आउन बाकी (फाइल  तस्बिर )

Loading...
प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार ०३:५७