पहिरोले घर भत्किँदा आमा–छोरीको मृत्यु

काठमाडौं ०५ साउन / केहिदिन देखिको अवरिल वर्षाले गएराती दार्चुलामा पहिरोले घर भत्किँदा च्यापिएर आमा–छोरीको मृत्यु भएको छ।

आइतबार राति अबिरल वर्षाका कारण आएको पहिरोले घर भत्किँदा च्यापिएर नौगाड गाउँपालिका–६ मा ३५ वर्षीया मानमतीदेवि ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पूर्ण सामान नष्ट भएको छ । पहिरोमा परी चारजना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

त्यस्तै  कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा आएको पहिरोमा परि एकको ज्यान गएको छ । आइतबार राति झरेको पहिरोमा परि २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो  प्रहरीले जनाएकाे छ ।

अहिले उनको शव पोष्ट म्यार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोले पुरेको थियो । आइतबार साँझ साथीहरुसँग खेल्न जंगल गएको बेला शैच गर्न खोला जाँदा पहिरोले उनलाई पुरेको उनकासाथीहरुले बताएका छन् । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जानएको छ ।

फाइल  तस्बिर 

Loading...
प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार ०५:१६