पछिल्लो २४ घन्टामा थप १ सय ८६ जनामा कोरोना पुष्टि

काठमाडौं  ०५ साउन /  कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट हालसम्म विश्वभर १ करोड ४६ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने , कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख पुगेको छ ।

विश्वभर कोरोना भाइरसलाई जितेर संक्रमण मुक्त हुनेको सङ्ख्या ८७ लाख नाघेको छ  । कोरोना संक्रमित देशमध्य पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल र तेस्रोमा छिमेकी मुलुकु भारत रहेको छ ।

हालसम्म अमेरिकामा ३८ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् भने ब्राजिलमा कोरोना संक्रमितको सङ्ख्या २० लाख नाघेको छ । भारतमा पनि कोरोना संक्रमित सङ्ख्या ११ लाख नाघेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टाभित्र देशभरिको विभित्र प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट १ सय ८६ संक्रमित थपिएसँगै कुल संक्रमित १७ हजार  ८ सय ४४  पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकमा हालसम्म ११ हजार ८ सय ८६ जनाले कोरोना जितेर अस्पालबाट डिस्चार्ज भएर घर फर्केका छन् भने , पछिल्लो २४ घन्टामा १७३ जना कोरोना मुक्त भएको डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ , पछिल्लो २४ घन्टामा कोरोनाकाट ज्यान गुमाउनेको सङ्ख्या शुन्य रहेको छ ।

Loading...
प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १०:५२