एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस चलाउन दिने सरकारको निर्णय

काठमाडौं / मन्त्रीपरिषदको बैठकले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यसबारे निर्णय गरेको हो ।

सामाजिक दुरी कायम राख्नुका साथै स्वास्थ्य सर्तकता अपनाउँदै छोटो दुरीमा अन्तर जिल्ला यात्रुबहाक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ ।यसैबिच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।त्यस्तै सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले जानकारी दिए ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ ।

Loading...
प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १५:५८