सडकमा खसेको ढुंगा स्काभेटरले पनि हटाउन सकेन

पर्वत / मंगलबार पनि देशभर बर्षा भइरहेको छ । देशका बिभिन्न स्थानका सडकहरु पहिरोले अवरुद्ध भएका छन् । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत सडकखण्डमा ठुलो ढुंगो खसेपछि अवरुद्ध भएको छ ।

सडकबीचमै अवरुद्ध ठूलो ढुंगा खसेपछि सवारीसाधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सडकमाथीबाट खसेको उक्त ढुंगाले सडक अबरुद्ध भएको जनाइएको छ ।

ठूलो ढुंगा भएकाले हटाउन समस्या परेकोले सडक खुल्न समय लाग्ने बतायएको छ । ढुंगालाई स्काभेटरले हटाउन नसकिने भएकाले ब्रेकरको सहायताले फुटाल्नुपर्ने बताइएको छ ।

त्यस्तै  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

मृतक तीनै जनाको शव स्थानीयवासी र प्रहरीले पहिरोबाट बाहिर निकालेका छन्। पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परी काठमाडौँसमेत एक जनाकाे मृत्यु भएकाे छ । लगातार वर्षाका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ०९:२५