दर्चुलामा पहिरो खस्दा २ जना बेपत्ता ३ जनाको उद्दार

 

दार्चुला – निरन्तर भएको भीषण वर्षाका कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा न. ८ पस्तीमा घर माथिबाट एक्कसी पहिरो खस्दा २ जना बेपत्ता भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार  लेकम गाउँपालिका घरभई दिदीसँग भेटघाट हुन पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी सम्पर्कमा नरहेको जानकारी गराएको छ । प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको  छ ।

पहिरोमा परी घाइते ३५ वर्षीय लक्ष्मी ढोली वर्ष ९ का छोरा शुभम् परियार, वर्ष १२ की छोरी सोनिया परियारलाई घर भित्र च्यापिएको अवस्थामा प्रहरीले जिवितै उद्दार गरेको जानकारी गराएका छन् ।

घाइतेहरुलाई उपचारका लागि पस्ती स्वास्थ्य चौकीमा पठाइएको छ भने बेपत्ता रहेका २ जनाको खोजीकार्य जारी छ ।घटना घटेको खबर पाहुना गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, स्थानीय, प्रहरी चौकी पस्ती तथा प्रहरी चौकी दत्तुबाट खटिएको प्रहरी टोलीले उद्दार गरीरहेका छन् । पहिरोले गरेको क्षतिको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १०:२२