पहिरोमा पुरिएर जुम्ल्याहा दिदी-भाइको मृत्यु

काठमाडौं ०६ साउन / काठमाडौंको टोखा नगरपालिकामा पुरिएका दुई बालबालिकाको मृत्यु भएको छ। मंगलबार बिहान टहरामा बसेर खाना खाँदै गरेका तीन वर्षीय जुम्ल्याहा बालबालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए।

नगरपालिका वडा नम्बर १ टाँसीडाँडामा पहिरोले पुरिएका तीन वर्षीया सन्ध्या रानामगर र सचिन रानामगरको मृत्यु भएको हो।

– फाइल तस्बिर 

 त्यस्तै  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

मृतक तीनै जनाको शव स्थानीयवासी र प्रहरीले पहिरोबाट बाहिर निकालेका छन्। पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परी काठमाडौँसमेत एक जनाकाे मृत्यु भएकाे छ । लगातार वर्षाका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ११:१६