उपत्यकामा मात्र थपिए ९ जना कोरोना संक्रमित

 

काठमाडौं  –  काठमाडौं उपत्यका भित्र मात्र पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित फेला परेका छन् ।काठमाडौं उपत्यकामा केही दिन यता कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको थियो तर मंगलबार भने ९ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै स्टार अस्पताल पाटनको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ३ सय ६२ रहेको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ११:२२