साउन १५ बाट होटल तथा रेष्टुरेन्ट खोल्न दिने सरकारको निर्णय

काठमाडौं, ६ साउन / सरकारले साउन १५ देखि लागू हुने गरी होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुरेन्ट खोल्न दिने जानकारी गराएका हुन् ।

होटल तथा रेष्टुरेन्टमा भने सामुहित भोज भत्तेर गर्न पाइने छैन । सामाजिक दुरी कायम गरी होटल तथा रेष्टुरेन्टमा व्यवसाय गर्न पाइने छ ।

पर्यटन क्षेत्र सुचारु गर्ने सरकारको निर्णयभित्र ट्रेकिङ, ट्राभल र पर्वतारोहण व्यवसाय पनि छ ।

यसैगरी, भदौ १ बाट हवाई उडान सुचारु गर्ने निर्णय भएको छ । उडानको मापदण्ड बनाउने जिम्मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ ।

कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सरकारले नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१ औँ दिनमा लकडाउन अन्त्य भएको छ।

तर,  सामान्य अवस्थाको जस्तो अन्तर्राष्ट्रिय नाकाबाट साउन ३२ सम्म नेपाल प्रवेशमा रोक लगाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्थालाई भदौ १ सम्मलाई कायमै गरिएको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १४:१८