साउदीबाट हुने चार्टर उडानबारे दूतावासको जरुरी सुचना !

काठमाडौं ०६ साउन / कोरोना भाइरस (कोभिड-१९) कारण साउदी अरबमा समस्यामा परेका नेपालीहरुको उद्धार उडान बारे दूतावास थप नामावली र सुचना सार्वजनिक गरेको छ । साउदीको रियाद र दमामबाट हुने चार्टर उद्धार उडानको नामावली हेर्नुहोस् ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले  आगामी दिनमा साउदी अरबको रियादबाट गर्ने चार्टर्ड उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ।

नोट: अनलाईन फारम भरेका कतिपयले भिसा नलागेको भएता पनि Exit लागेको भनी फारम भरेको पाइएको छ। Exit Visa नलागेकाहरुले अनिवार्य रुपमा आफ्नो कम्पनी वा स्पोन्सरबाट Exit Visa लगाउन अनुरोध छ ।

थप जानकारीको लागि यहाँ थिच्नुहोस् ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १५:३८