योगेश भट्टराई पर्यटन मन्त्री बने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईलाई सरकारमा सहभागी गराइने भएको छ। उनलाई आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ। भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताएको छ।

भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई पराजित गर्दै ताप्लेजुङबाट निर्वाचित भएका थिए। ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए।

अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाउने भएको हो।

Loading...
प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार १०:२२