विद्यालय खोल्ने बारे सरकारले गर्यो यस्तो निर्णय (हेर्नुहोस् )

काठमाडौं /  भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालनमा आउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै  सञ्चार तथा सूचना प्रविधि मन्त्री  डा। युवराज खतिवडाले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको बताए ।

त्यस्तै सरकारले आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान  पनि भदौ १ गतेदेखी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्ण भएको खतिवडाले  जानकारी गराए ।

त्यस्तै सरकारले  गएको ११ चैतदेखि शुरू भएको बन्दाबन्दीलाई मंगलवार मध्ये रातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सरकारले नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१ औँ दिनमा लकडाउन अन्त्य भएको छ।

तर,  सामान्य अवस्थाको जस्तो अन्तर्राष्ट्रिय नाकाबाट साउन ३२ सम्म नेपाल प्रवेशमा रोक लगाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्थालाई भदौ १ सम्मलाई कायमै गरिएको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १६:४७