पाँचपोखरीको जनैपूर्णिमा मेला यो पल्ट नहुने

सिन्धुपाल्चोक / जनैपुर्णिमा अवसरमा पाँचपोखरीमा बर्षेनी लाग्दै आएको मेला यो पल्ट नहुने भएको छ । एक सातासम्म लाग्ने सो मेला यो पल्ट भने कोरोना संक्रमण जोखिमका कारण नहुने भएको हो ।

गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको पाँचपोखरी थाङपाल गाउँपालिकाले बताएको छ ।

गाउपालिकाले मानिसको भीडभाड हुँदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो ।

विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन् ।

यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ । पाँचपोखरीको दुईरतीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने विश्वासका कारण खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न पुग्ने गरेका छन ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०२:४७