सुनको भाउ उकालो लाग्दै प्रतितोलामा १३ सयले वृद्धि

काठमाडौं – आज पनि सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मुल्यमा प्रति तोला १३ सयले वृद्धि छ ।

१३ सय प्रतितोलामा वृद्धि भएपछि  नेपालमा अहिलेसम्मकै धेरै भएको हो आज सुनको मुल्य प्रति तोला ९४ हजार रहेको सुनचाँदी महासंघले जनाएको छ ।

गत मंगलबार भएको कारोबारमा  सुनको मूल्य प्रति तोला ९२ हजार  थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९३ हजार ५६० पुगेको छ ।

बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । मंगलबार १०४० प्रतितोला कारोबार भएको चाँदी बुधबार प्रति तोला ९५ रुपैयाँले बढेर ११३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०६:०१