तुइनबाट खसेर ७७ बर्षिय बृद्धको मृत्यु

मकवानपुरको हेटौंडामा मंगलबार साँझ तुइनबाट खसेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

हेटौंडा बजारबाट लालझाडी जान तुइन चढेको उनी खुट्टा चिप्लिएर तल खसेका थिए ।

तुइनबाट खसेर गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।

उनको चितवनको भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०८:२५