पर्यटनमन्त्री योगेश भट्टराईद्वारा शपथ ग्रहण ।

काठमाडौँ १५ साउन / नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले शपथ लिएका छन् । शितल निवासमा बुधबार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री भट्टराईलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना लगायतका संवैधानिक निकायका उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए ।

ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्। भट्टराईलाई आजै प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा नियुक्त गरेका हुन्।

Loading...
प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार ११:२८