गल्याङमा घरमाथिबाट पहिरो खस्दा १ जनाको मृत्यु १ जना घाइते

स्याङ्जा – निरन्तर परेको अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङको १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं १० सिमलसौँराकी ५२ वर्षीया यामकुमारी सारुको मृत्यु भएको हो ।

निरन्तर पानी परिरहँदा बिहान साढे ३ बजे तिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको छ । उक्त पहिरोमा परी मृतक यामकुमारी कि छोरी नारायणी सारु घाइते भएकी छिन् ।

नारायणी सारुलाई भने स्थानीयबासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । राती खाना खाएर आमाछोरी सुतेका थिए बिहान स्थानीयबासीले पहिराले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो।घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पहिराले छिमेकी पदम सारु र जवन सारुको घरमा समेत क्षति पुगेको छ।स्थानीयबासीले जनाएका छन्।

 

 

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०९:३३