मौवाखोला पुल भत्किएसँगै ठप्प रहेको सडक ४० घण्टा पछि सुचारु

काठमाडौं – निरन्तर अविरल वर्षाका कारण बढेको पानीको बहाबसँगै भत्किएको पृथ्वीराजमार्गमा पर्ने मौवा खोलाको पुल भत्किए पछि ठप्प रहेको पृथ्वीराजमार्ग ४० घण्टा पछि एकतर्फी सुचारु भएको छ ।

देशको सबैभन्दा व्यस्त सडक एकतर्फी मात्र सुचारु भएको छ ।२ जिल्ला धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको बढेको बहाबले पुल भत्काएपछि बन्द रहेको सडक एकतर्फी खुलेको स्थानीयबासीले जानकारी दिएका छन् ।

स्थानीयकाअनुसार मौवा खोलाको पुल मर्मतको काम पनि सुचारु  भइसकेको बताएका छन् ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १०:२२