नेपालमा नोवेल कोरोनाबाट १ विदेशी नागरिक सँगै मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं – नेपालमा नोवेल कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या विदेशी नागरिक सँगै ४२ पुगेको छ । बुधबार महोत्तरी एक जना र शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरि २ जनाको  मृत्युभएको छ ।

२ जनाको मृत्यु भएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको हो । महोत्तरी गाउँपालिक वडा ३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो,उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार राती ७ बजे मृत्यु भएको हो ।

गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पुष्टि रिपोर्ट आएको ३ दिनपछि मृत्यु भएको हो । ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको छ । यता, नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । कोरोनाबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

 

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ११:१७