शान्ती सुनार र खेम सेञ्चुरीको “रेलिमै रेलिमै” मा प्रकाशले लगाए ठुम्का –भिडियो सहित

काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायिका शान्ति सुनारले दुई वर्ष पछि कम्ब्याक गरेकी छिन ।झुम्के बुलाकी बाट चर्चामा आएकी गायिका शान्ती सुनारले यस वर्षको तीजमा ‘रेलिमै रेलिमै’ ल्याएकी छिन ।

शान्ति सुनार र गायक खेम सेञ्चुरीको स्वरमा तीज गीत ‘रेलिमै रेलिमै’गायिकाले आफ्नै युट्युव च्यानल बाट सार्बजनिक गरिकी छिन । । गीतका शब्द नेत्र अर्यालले लेखेका छन् । खेम सेञ्चुरीको संगीत रहेको ‘रेलिमै रेलिमै’लाई विनोद बाजुरालीले एरेञ्ज गरेका छन् । गीतका शब्दले तीजमा हुने घटनालाई उजागर गरेको छ ।

म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा जुना सुन्दास र प्रकाश सपुतले अभिनय गरेका छन्

भिडियो हेर्नुहोस्

Loading...
प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार १३:०१