लकडाउन त खुल्यो तर…

काठमाडौँ ०८ साउन / सरकारले लकडाउन अन्त्य गरेपनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ ।

गृहमन्त्रालयका अनुसार साउन मसान्तसम्म यो निर्णय यथावत रहनेछ ।

मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो ।

मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने निर्णय गरेको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ०२:५२