अकालमै ज्यान गुमाएकी आमाको पीडा भुल्न गाउँमा अस्पताल स्थापना

रामेछाप, ८ साउन / रामेछापको सुनापतिगाउँपालिका बेथानका बुद्धिष्ट धर्मगुरु विमानसिं लामाकी आमाले उपचार अभावमा अकालमा ज्यान गुमाएको पिडा भुल्न गाउँमै अस्पताल स्थापना गरेका छन् ।

रामेछापको सुनापति गाउँपालिका वेथानका विमानसिं लामाकी आमा धनमायाले गाउँमा अस्पताल नहुँदा सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाएको पिडा भुल्न दुर्गम गाउँ बेथानको भ्वाँसामा सुनापति भ्वाँसा च्यारेटी स्वास्थ्य केन्द्र संचालनमा ल्याएका हुन् ।

गाउँमा अस्पताल नहुँदा विरामी काठमाण्डौंसम्म लैजान ४ घण्टा लाग्ने गर्दछ । आर्थिक अवस्था कमजोर भएकाहरुले गाउँमा अस्पताल नहुँदा उपचार नपाएर आफ्नी आमाले झैं अन्य गाउँका आमाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विमानसिंले गाउँमै अस्पताल खोलेका हुन् ।

अस्पतालले अहिले कोरोना भाइरसका कारण लकडाउन हुँदा गाउँमा भोकमारी भएको भन्दै निस्वार्थ भावले नागरिकहरुलाई सेवा दिँदै आएका धर्मगुरु विमानसिंसँग स्थानीयहरुले खाद्यान्न माग गरेपछि उनले पहिलो चरणमा सुनापति गाउँपालिका वडा नं–४ र ५ मा ३३ लाख बराबरको चामल वितरण गरेका छन् ।

गाउँमा अस्पताल नहुँदा विरामी काठमाण्डौंसम्म लैजान ४ घण्टा लाग्ने गर्दथ्यो । गर्भवती महिला, बृद्धबृद्धालाई विरामी पर्दा हेलिकोप्टर नै चार्टर गर्नुपर्ने अवस्था आउथ्यो ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ०५:५५