आजपनि ह्वात्तै बढ्यो सुनको भाउ : हेर्नुस् तोलाको कति पुग्यो ?

काठमाडौं / विश्वभर कोरोना भाइरस महामारी फैलिरहेको बेलापनि सुनचाँदीको दैनिक उकालो लाग्दै गएको छ ।   हिजो बढेको सुनको भाउ फेरि आज पनि बढेको छ।

हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनेको छ।

योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ०६:३०