पुर्व डीअाईजी प्रेमिकाको गाडीमा सरर

काठमाडौँ / आफ्नै पत्नी ह-त्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला जेलमुक्त भएका छन् । कोइराला बिहीबार बिहान ११ स् ५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन् ।

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

कोइराला पत्नी गीता ढकालको ह-त्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा ह त्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।

पूर्वडीआईजी कोइरालालाई लिन  कार लिएर प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ०७:५४