सुत्केरी भएको ५ घण्टापछि मृत्यु ग्रामीण भेगमा सुत्केरीलाई सास्ती

 

जाजरकोट – जाजरकोटमा एक जना सत्केरीकाे मृत्यु भएकाे छ । जाजरकोट जिल्लाकाे बारेकोट गाउँपालिका वडा नं ७, सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको स्वास्थ्य चौकी सेपुखोलामा सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएको हो ।

स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीले सामान्य अवस्थामा सुत्केरी भएपनि ५ घण्टापछि पेट दुखेर एकाएक रक्तचाप बढेको र उपचार गर्दागर्दै मृत्यु भएको बताउनुभयो  बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ उहाँ भन्नुहुन्छ ।

गुणस्तरीय स्वास्थ्य सेवा दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारकोटको सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएका छन् ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ०८:५६