बलिउड अभिनेता अमिताभ वच्चनका बाबू छोराले नै जिते नोवेल कोरोना भाइरसलाई

एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकले कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।१२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

भारतको मुम्बईको नानावती अस्पताल भर्ना भएका उनीहरुको कोरोना पछिल्लो रिपोट नेगेटिभ आएको छ । तर अमिताभलाई भने अझै दुई पटक परीक्षण गरिने जनाइएको छ ।

अझै दुई पटक परीक्षण गरेपछि ती परीक्षणको रिपोर्टका आधारमा अमिताभलाई डिस्चार्ज गरिने बताइएको छ । नानावती अस्पतालका अनुसार छोरा अभिषेकलाई भने आजै डिस्चार्ज गर्ने बताएको छ ।

अभिताभ र अभिषेकपछि ऐश्वर्य र आराध्यामा पनि कोरोना संक्रमण देखिको थियो । उनीहरु पनि अस्पतालमा नै छन् । उनीहरुको भने रिपोर्ट हालसम्म नआएको नानावती अस्पतालले जनाएको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार १०:५५