नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ८ सय ४० पुग्यो

 

काठमाडौं – नोवेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ५६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलूभरबाट १ सय ५६ जना निको भएका छन् ।आजसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

निको हुनेको प्रतिशतमा कुल ७० दशमलव ३९ प्रतिशत हो । यसैबीच पछिल्लो २४ घण्टामा देशभर गरिएको ३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ । योसंगै मुलुकभर ३ लाख ३१ हजार ९५ जनाको पीसीआर विधिबाट परीक्षण सम्पन्न भएको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ११:३७