तनहुँमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका वडा ५ याम्पामा बुधबार राति ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ ।

दुर्घटनामा परी मुत्यु हुनेमा सोही ठाँउका १७ वर्षीय सुमन नेपालीको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । डुम्रेबाट याम्पा जाँदै गरेको ग १त १२२४ नं. को ट्याक्टर पल्टिदा नेपालीको घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरूमा १७ वर्षीय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् ।

ट्याक्टर पहिरो गएको सडकबाट करिब ६० मिटर तल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार १३:२६