प्रकाश पराजुली र रबिन लामिछानेले आमालाई धुरुक्कै रुवाए ( भिडियो सहित)

  • सुस्मा श्रेष्ठ 

काठमाडौं ८असार /नेपाली गीत संगीत को क्षेत्र मा आफ्नो छुट्टै पहिचान बनाउन सफल बुलन्द आवाज का धनी गायक प्रकाश् पराजुली को तिज गीत” किन पाइनौ छोरी”सार्बजनिक भएको छ।

गायक पराजुली ले तिज गीत “शितलु” सार्बजनिक गरेको हप्ता दिन नपुग्दै फेरि अर्को तिज र तिहार दुबै सङ्ग मेल खाने, हिन्दु नेपाली नारिहरु को महान चार्ड तिज  को अवसर पारेर तिज गीत ” छोरी पाइनौ किन” सार्बजनिक गरेका हुन।

उक्त गीत दिदी, बहिनी बिनाको अधुरो दाजु भाइ आमा बाबू लाई धुरुक्कै रुवाउने विषय बस्तु  लाई समेटेर तयाएर पारिएको छ।

गीत मा स्वर गायक प्रकाश पराजुली,रबिन लामिछाने र गायिका मिना बुढाथोकी को रहेको छ।संगीत प्रकाश पराजुली, शब्द,कोरियोग्राफी तथा निर्देशन रबिन लामिछाने को रहेको सोही गीत मा संगीत संयोजन बिनोद बाजुरेली ले गरेका छन।

भिडियो सम्पादन मनोज कार्की छायांकन करण चैसिरले गरेको उक्त गीतमा रश्मि भट्ट,अनिता बस्नेत,शितल शर्मा,रबिन लामिछाने,प्रकाश पराजुली,खेम नेपाली को अभिनय तथा नृत्य हेर्न सकिन्छ।

तिज गीत” छोरी पाइनौ किन” रबिन लामिछाने नामक अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार १४:३७