तीज गीत ‘यसैपाली नाँच्ने हो’ [ भिडियो]

काठमाडौं  / तीजको छेकोमा तीजसम्बन्धी गीतहरु सामाजिक संजालमा पस्कने क्रम निकै बढेको छ । यसै बढ्ने क्रममा अभिनेत्री अनु शाहले अभिनय गरेको तीज गीत सार्वजनिक भएको छ ।

एक सोलो एल्बम् र तीन गीत यस अघि नै सार्वजनिक गरेकी गायिका कुसुम दाहालले यो तीजमा पनि यसैपाली नाँच्ने हो … बोलको गीत सार्वजनिक गरेकी छिन् ।

प्रवासमै बसेर पनि गीत गाउन सक्रिय कुसुम दाहालले एक वर्षअघि टिम अप गरेका गीतकार एवं संगीतकारहरुसँग मिलेर यस वर्षको तीजमा पनि तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका कुसुम दाहाल भट्टराईको स्वरमा सजिएको गीतलाई यसपटक पनि दिग्गज धौरालीले लेखेका हुन् ।

अहिलेसम्म अघिल्लो वर्षको ‘६० हजारको साडी …’ बोलको गीतलाई करिब सात लाख सतासी हजार दर्शकले हेरेका छन् । दर्शकको साथ पाए आगामी हरेक तीजमा एउटा तीज गीतको कोसेली आफ्ना शुभचिन्तकहरुलाई दिने गायिका कुसुम दाहालले बताएकी छिन् । यसैपाली नाँच्ने हो .. बोलको यो वर्षको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

प्रवासी गायिका दाहालको मिडियामा आएको यो चौथो गीत हो । यस अघि उनका दुई सुगम संगीत र एक तीज गीत रिलिज भएका छन् भने गत वर्ष नै ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज भएको थियो ।‘यसैपाली नाँच्ने हो ..’ बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् ।

उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस्

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०१:४३