छोरी भएकै कारण कञ्चनलाई आमा बाबुले गरेनन् उपचार

भारतको बिहारको शेखपुरामा बस्ने कञ्चन कुमारीको १६ वर्षको कलिलै उमेरमा छोरी भएकै कारणले मृत्यु भएको छ ।

कञ्चन म्याट्रिककी विद्यार्थी थिइन् । यो वर्षको अन्मित परीक्षापछि अचानक बिरामी भइन् । पिता सदरले उनलाई अस्पताल लगे । त्यहाँ डाक्टरले उनको दुबै मृगौला खबर भइसकेको बताए ।

त्यसपछि उनलाई पटनाको इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्समा पनि भर्ना गरियो । त्यहाँ डाक्टरले कञ्चनलाई तत्काल मृगौलाको आवश्यकता भएको बताए । यस्तो नहुने हो भने उनी नबाँच्ने निश्चित भएको पनि बताए ।

यति सुनेपछि उनका आमा–बुवाले भने, छोरी हो, यसलाई कसले मृगौला दिन्छ ’ आमा–बुवाले मृगौला दिन अस्विकार गरेपछि गौतम प्रसाद नामका एक व्यक्तिले दिने बताए । तर शल्यक्रियाका लागि पाँच लाख भारु खर्च हुने र बाँच्ने कुनै निश्चित नभएको भनेपछि आफूहरु निकै गरिब भएको र उपचार गराउन नसक्ने बताए । आमा–बुवाले उनलाई अस्पतालबाट घर लिएर गए जहाँ उनको स्वास्थ्य थप बिग्रियो ।

उनको मृगौलाले काम गर्न बन्द गरेको थियो । उनको मृत्यु भयो किनभने उनी एक छोरी थिइन् । छोरा भएको भए सायद उनका अभिभावकले उनलाई बचाउन हरसम्भव प्रयास गर्दथे होलान् ।

रिपोर्टका अनुसार बालिकाका आमा–बुवासँग आयुष्मान भारत योजना कार्ड पनि थियो । तर उनीहरुले कार्डमार्फत् उपचारमा सहयोग वा कुनै अन्य सरकारी मद्दतका लागि कुनै निवेदन नदिएको बताएको छ ।

३१ जुलाई बिहान कञ्चनको मृत्यु भयो । कञ्चन थप पढ्न चाहन्थिन् होला, केही सपना थियो होला, आफ्नो खुट्टामा उभिन चाहन्थिन् होला । तर महिला भएकै कारण उनको अस्तित्व हल्का भयो । उनले यसको मूल्य आफ्नो ज्यान दिएर तिर्नुपर्यो ।

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०७:५०