महान ट्याक्सी चालक : जस्ले ट्याक्सीमा छुटेको यति धेरै रकम बुझाए

काठमाडौं, १६ साउन । ट्याक्सीले यात्रुलाई ठग्छ भन्ने आम जनगुनासो सुनिरहेको बेला उपत्यकामै सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम ट्याक्सी चालकले प्रहरीलाई बुझेका छन् ।

उपत्यकामा सञ्चालित बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले आफ्नो ट्याक्सीमा यात्रुले छोडेको सो रकम प्रहरीलाई जिम्मा लागेका हुन् ।

सो रकम रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको रहेको र चालक श्रेष्ठले महानगरीय ट्राफिक महाशाखामा आबुझाएका थिए ।

खड्काले विहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफै पैसा फिर्ता गर्न महाशाखा पुगेका थिए ।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरेका थिए ।

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १२:५५