‘जेरी वाचन गाईजात्रा’ २०७६ सार्वजनिक

काठमाडौं १६ साउन / चर्चित लोकप्रिय लोक तथा दोहोरी गायिका जेरी उर्फ बबिता बानियाँ हरेक बर्ष झै यो बर्षपनि गाईजात्रा जेरी वाचन सार्वजनिक गरेका छन् । गायक शंकर क्षेत्रीको उत्कृष्ट शब्द संयोजनमा तयार पारिएको जेरी वाचन गाईजात्रा भित्र समसामयिक बिषय बस्तुलाई तारिफ योग्य ढंगले प्रस्तुत गरेका छन् ।

३३ मिनेटको जेरी वाचनमा पछिल्लो समयको राजनीतिक अवस्था सँगसँगै,सामाजिक सञ्जाल र युट्युबमा भाइरल बनेको सामाग्रीहरु जस्ताको तस्तै जेरी वाचनमा समावेश छ ।

जेरी वाचन भित्र :

• सरकार प्रति कडा यथार्थ ब्यंग्य
• निर्मला पन्त घटना
• गायक पशुपति शर्माको लुट्न सके लुट गीत विवाद
• प्रकाश सपूतको गलबन्दी चोरी प्रकरण
• सिरिन्ज काण्ड
• छवि र शिल्पाको डिभोर्स
• सरोज खनाल, राष्ट्रपति भवन
• युट्युब हेडलाईन
• देशभरी घटेका मुख्य घटना
• विषादी तरकारी , भारत
• तीज गीतको चिरफार
• गीत संगीत बजारमा चोरी काण्ड

माथि उल्लेखित बिषय बस्तुलाई मध्यनजर गर्दै २०७६ सालको ‘जेरी वाचन’ गायक शंकर क्षेत्रीको अफिसियल युट्युब च्यानलबाट बजारका आएको हो । ‘दोहोरीकी रानी भनेर परिचित छिन् बबिता बानिया जेरी।’

हेर्नुहोस् जेरी वाचन गाईजात्रा २०७६ ( भाग ४ )

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १७:१८