द्वन्द्वकालमा लागेको गोली छातीमा

काठमाडाैँ । सशस्त्र द्वन्द्वका वेला छाती र पिठ्युँमा गोली लागेका देवबहादुर थापाको छातीको गोली अझै निस्किएको छैन

उनी नेपाली प्रहरीमा छँदा २०६० साल कात्तिक २४ गते सुर्खेत क्याम्पसमा भएको माओवादीसँगको भिडन्तमा घाईते भएका थिए । जागिर खाएको ६ महिनामै दुई ओटा गोली खाए । यही कारण उन्को कम्मरमुनिको भाग केही पनि चल्दैन ।

देशका लागि लड्दा छातीमा लागेको गोलीले त्यती बिझाउँदैन हाेला, जति बुधबार प्रहरी कार्यालयका सईकाे गाली खाँदा चित्त दुख्यो । केही सहयोगका लागि प्रहरी प्रवक्ता भेट्न प्रहरी प्रधान कार्यालय पुगेका उन्लाई प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सई बिजय यादवले दुर्व्यवहार गरेको उनी बताउँछन् ।

देशका लागि लडेको, द्वन्द्वमा घाईते भई आपांगता भएको व्यक्तिलाई प्रहरीले नै दुर्व्यहार गरेपछि उन्को मन थामिएन । रुँदै आफ्नो गुनासो सुनाउन उनी हाम्रो कार्यालय आए । के कारणले प्रहरी प्रधान कार्यालय पुगेको भन्ने हाम्रो जिज्ञासा थियो ।

नेपाल प्रहरीको त्रिपुरेश्वर दंगा कार्यलयमा कार्यरत आफ्नी श्रीमतीको सरुवा भएपछि आफुलाई उपचार गराउन काठमाडाैँ सजिलो हुने भएकाले उन्को सरुवा रोक्न प्रहरी प्रवक्तालाई भन्न त्यहाँ पुगेका थिए । तर सई विजय यादवले उन्लाई गाली गर्दै दुर्व्यवहार गरेपछि उनी रुँदै प्रहरी कार्यालयबाट निस्किएका हुन् ।

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १८:०५