भारतीय प्रहरीको दादागिरी कहिले सम्म ? नेपाली भूमिमा आएर गरे यस्तो अत्याचार

काठमाडौं साउन १७ / भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो ।

एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।

एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन ।

नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् । एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ ।

एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,‘ एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन ।’ अन्नपूर्णपोस्ट

Loading...
प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार ०३:१५