मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

काठमाडौं  १७ साउन। काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहकाे मृत्यु भएकाे हाे। उनीहरु सहोदर दाजुभाइ हुन्।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।

अन्य समाचार

पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु, ५ जना घाइते

बाजुरा – बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ । पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो ।

अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार ०६:१३