पहिरोले पुर्दा स्काभेटरसहित चालक बेपत्ता

गोरखा  १९ साउन/ गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् ।

गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकाले घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

अन्य समाचार

बालाजुमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहकाे मृत्यु भएकाे हाे। उनीहरु सहोदर दाजुभाइ हुन्।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो / फाइल ‎तस्बिर 

Loading...
प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार ०८:०१