‘ द भ्वाइस अफ नेपाल’ सिजन २ साउन ३१ गतेबाट

काठमाडौँ १७ साउन /  नेपालको गायन प्रतिभाको प्रस्फुटन गर्ने रयालिटी सो ‘ द भ्वाइस अफ नेपालको सिजन–२ साउन ३१ गतेबाट प्रसारण हुने भएको छ । यो कार्यक्रम हिमालय टीभी एचडीबाट प्रसारण हुदैछ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जनाएको छ ।

यो पटक करिब २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरु सामु आफ्नो आवाज सुनाएका छन् । यो सङख्या गतवर्षको भन्दा बढी हो ।

त्यसैगरी यो सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । यो पटक अभया र सुनपको ठाँउमा राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिदै छन् । त्यसैले सहभागीले आफ्नो सुरिलो आवाजमार्फत यी ४ कोचको कुर्सी घुमाउन सकेमा सांगीतिक यात्रा सुरु हुने छ ।

कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् । अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन् ।

Loading...
प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार ११:४९