सृष्टि खड्काको ‘बारीको फूल’ ( भिडियो)

काठमाडौं /गायिका स्वरुपा रसाइलीको सदाको वर्ष झै यस वर्ष पनि मौलिका तीज गीत बारीको फूल सार्वजनिक भएको छ ।

बरिष्ठ संगीतकार एवम् संगीत संयोजक बिबि अनुरागीको शव्द संगीत र संगीत संयोजन रहेको गीतमा स्वर गायिका स्वरुपा रसाइली र उहाँका माता पवित्रा रसाइलीको रहेको छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको भएको यस गीतको अडियो सम्पादन व्यस्त एवम् बहुचर्चित ध्वनी सम्पादक श्यामश्वेत रसाइलीले गर्नुभएको हो ।

यूवा निर्देशक देवेन्द्र बब्लुको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोमा सृष्ट्रि खड्का, उत्साह, समिक्षा, देवेन्द्र र कृष्ण वि.क. को अभिनय रहेको छ भने भिडियोमा बाल कलाकार शिक्षा रसाइली र सर्जक रसाइलीको पनि अभिनय रहेको छ ।

म्यूजिक भिडियोको छायाँकन राहुल राइले गर्नुभएको हो भने सम्पादन प्रविण भट्टले गर्नुभएको हो । शव्द, संगीत र भिडियोले मौलिकता बोलेको यस तीज गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हार्दिक शुभकामना ।

हेर्नुहोस् भिडियो

Loading...
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०३:२०