नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ १८ साउन / चर्चित गायक नारायण रायमाझीले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ मार्मिक गीत बजारमा ल्याएका छन्। पछिल्लो समय तीज नजिकिँदै गर्दा तीजका गीत एकपछि अर्को गर्दै बजारमा आइरहेका छन् । यसैक्रममा गायक तथा निर्देशक नारायण रायमाझीले नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा ‘सार्वजनिक गरेका हुन् ।

नेपाली चेलीहरुको कथा व्यथा समेटिएको यस गीतमा चर्चित गायिका देवी घर्तीको स्वर रहेको छ । यस गीतमा शब्द रचना रमेश बिजीको रहेको छ । भने संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ ।

यस गीतको एरेन्ज बि।बि। अनुरागीको रहेको छ । गगीतको भिडियोलाई छायांकनरसम्पादनरकलर मिराज अर्यालले गरेका छन् ।

भने भिडियो निर्देशन नारायण रायमाझीकै रहेको छ । यस गीतको भिडियोमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के।सी। मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना के।सी।, सन्देश रायमाझीको अभिनय रहेको छ ।

Loading...
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०६:४७